चिनियाँ राजदूत रक्षा मन्त्रालयमा, अर्का कूटनीतिज्ञ संसदमा
अर्को हप्ता नेपाल आउन लागेको चिनियाँ उपसभामुखको भ्रमण तयारीका क्रममा सभामुख देवराज घिमिरेसँग दूतावासको टोलीले हिजो शिष्टाचार भेटवार्ता गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका राजनीतिक निर्देशक यु फङचङसहितको टोलीले हिजो दिउँसो सभामुख घिमिरेसँग संसद भवन,नयाँ बानेश्वर पुगेर भेट गरेको हो ।
आगामी १६ तारिखका दिन चिनियाँ संसद राष्ट्रिय जनकाँग्रेसका उपाध्यक्ष नेपाल आउने कार्यक्रम छ । हिजै चिनियाँ राजदूत छन सोङले रक्षामन्त्री मानवीर राईसँग भेटवार्ता गर्नुभएको छ ।
…