संसदीय समितिको निर्देशनप्रति सरकार गम्भीर छ - प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद र संसदीय समितिले दिएको निर्देशन सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।
आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले समितिका सांसदहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपमा लिने पनि उल्लेख गर्नुभयो ।
'संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका…