प्रधानमन्त्री लुम्बिनी जाँदा मुख्यसचिव पोखरा र स्याङ्ग्जा
प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको दिन लुम्बिनी जाने कार्यक्रम तय भएको छ । पर्सि सोमबार बिहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरमा उहाँ बालुवाटारबाट सोझै लुम्बिनी पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बिहान ९ बजे लुम्बिनीको गौतम बुद्ध जयन्ती विशेष कार्यक्रममा सहभागी हुनुहुने छ । दुई घण्टापछि ११ बजे काठमाडौं फर्कने भनिए पनि विस्तृत कार्यक्रमबारे जानकारी दिइएको छैन । कार्यक्रम तयारीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय,रक्षा मन्त्रालय,लुम्बिनी प्रदेशक…