यसकारण अन्तिम राजा ‘अभागी’
- राजु खड्का
दुई सय ४० वर्ष लामो राजतन्त्रको अन्त्यपछि २०६५ जेठ १५ गते मुलुकमा गणतन्त्रको स्थापना भयो । हुन त त्यसअघि पनि पटकपटक राजतन्त्र हटाउने प्रपञ्च भएको थियो । तर, विभिन्न कारणले पुनः पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले राज्यसत्ता हातमा लिनुपरेको थियो । जसमध्ये केही तल उल्लेख गरिएको छ ।
शेरबहादुर देउवाको असक्षमता र नेतृत्वको आवश्यकताः
नेपाली काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले तत्कालीन संसद विघटन गर्न सिफारिस गरेका थिए । उनको उक्त कदमलाई सर्वोच्च अदालतल…