राजावादीमाथि थापाको कटाक्ष- वियर चोरेर व्यवस्था परिवर्तन हुँदैन
नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुलाई सपनाबाट ब्यूँझिन आग्रह गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बियर चोरेर व्यवस्था नबदलिने भन्दै कटाक्ष गरे ।
तीनुकने घटनापछि राजावादीहरुको असलियत उदांगो भएको बताउँदै थापाले लुटपाट गरेर व्यवस्था बदल्ने सपना नदेख्न सुझाव दिए । उक्त घटनामा संलग्नलाई कडा कारवाही गर्न उनले मागसमेत गरेका छन् ।
‘संविधान बमोजिम यही सदनमा सपथ खाएका हामीमध्येकै के…