काँग्रेससँगको सहकार्य वर्ग आत्मसमर्पणवादी बाटो : झलनाथ खनाल
नेपाली काँग्रेससँगको सहकार्यलाई लिएर नेकपा एकीकृत समाजवादीभित्र विवाद चुलिएको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वर्तमान सत्ता गठबन्धनलाई हेर्ने दृष्टिकोणका कारण सिङ्गै पार्टीमा विवाद बढेको बताइन्छ ।
अध्यक्ष नेपालले गठबन्धन पाँचै वर्ष जाने दाबी गर्दै आउनुभएको छ । तर, खनालका अभिव्यक्ति भने ठ्याक्कै विपरित देखिन्छन् । यसैबीच पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आज सार्वजनिक मञ्चबाट काँग्रेससँग गठबन्धन गर्ने नीति सच्याउनुपर्ने धरणा राख्नुभएको छ । …