कुरा गरिसाध्ये छैन यहाँ
गर्नु वा हेर्नुपर्नेले समयमा ख्याल नगर्दा देशमा विभिन्न काण्ड र कर्तुतहरूको खुलासा ढिलो हुने गरेको छ ।
यदि सरोकारवाला निकाय आफूले गर्नु, हेर्नुपर्ने विषयमा हरहमेशा सजग हुँदो हो त देशमा कहिले ललिता निवास, कहिले बाँसबारी छाला जुत्ता, सुन र यावत घटनाहरू नियमित आकस्मिकताको शैलीमा प्रष्फुटित हुने थिएनन् । ललिता निवासमा भएको अनियमिततादेखि बाँसबारी छाला जुत्ता कारखानाको जग्गाकै मामिला किन नहोस्, या सुन तस्करीकै मामिलामा हेरौं– कतिपय संलग्न व्यक्ति सरकारी सेवाका हैनन्…