नटेर्ने समस्या त छ नि हाम्रोमा
कतिपय मन्त्रालयमा विभागहरूको जिम्मेवारी लिने कर्मचारी एउटै तह र श्रेणीको हुने गरेकाले बेलाबेला काममा अवरोध हुने, एक जनाले अर्को सहसचिवलाई नटेर्ने अवस्था देखिएकाले अतिरिक्त सचिवको व्यवस्था गर्न लागिएको भनिएको छ ।
जस्तोकि सडक विभागको प्रमुख प्रथम श्रेणीको सहसचिव हुनुहुन्छ भने मातहतमा पनि सोही तहका धेरै इञ्जिनियर कार्यरत छन् । सहसचिवमध्ये सबैभन्दा वरिष्ठलाई डिजीको जिम्मेवारी दिनुपर्ने हो तर नेताहरूको सोर्सफोर्स र सम्वन्धित मन्त्रीको इच्छाअनुसार जो कोही पनि त्यहाँ पुग्ने गरेका छन्…