प्रचण्ड गृहजिल्ला हुँदै गोरखा पुगे
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुग्नुभएको छ ।
गृहजिल्ला चितवन हुँदै उहाँ गोरखा जानुभएको हो । प्रचण्ड अहिले गोरखा नगरपालिका–१२ कुन्दुटारस्थित १० किलो आइपुगेको र त्यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँले सहिद भिष्म कुमालको घरमा खाना खानुभएको जनाइएको छ ।
प्रचण्ड आज बिहान १० सदस्यीय टोलीको नेतृत्व गर्दै बुद्ध एयरको जहाजबाट भरतपुर ओर्लनुभएको …