काँग्रेस सांसद राईविरुद्ध म्याद थप गरिँदै
सहकारी ठगीको आरोपमा समातिएकी सत्तारुढ नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।
प्रहरीले सहकारी ठगीसहित संगठित अपराधको कसूरमा उनीमाथि अनुसन्धान अघि बढाएको हो । हिजो राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ लैजाने तयारी छ ।
जिबी राई अध्यक्ष रहेको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिनामा राईको संलग्नता देखिएको प्रहरीको दाबी छ । उनी उक्त संस्थाको सहसचिव पदमा समेत…