प्रधानमन्त्रीलाई मागपत्र बुझाएपछि राप्रपाको विरोध प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाउने भएको छ । राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित विभिन्न मागसहितको पत्र आगामी बुधबार बुझाउने तयारी गरिएको छ ।
पार्टी अध्यक्ष एवम् आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशमशेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सो दिन प्रधानमन्त्रीसँगै हर…