व्यापारीले मैनबत्ती बोक्लान् कि सटर खोल्लान् ?
आफ्नै पार्टीका जम्मा एक जना वडाध्यक्ष (कार्यपालिका सदस्य) लिएर ५ वर्षे स्थानीय शासन हाँक्न होमिएकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालाई अनेक अनेक समस्या आइरहन्छ । त्यतिखेर कांग्रेस र माओवादीसँगको गठबन्धनबाट एमालेका सशक्त उम्मेदवार एवं संविधानसभा सदस्य अनन्त पौडेललाई हराएकी लामा नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
कार्यपालिकामा बहुमत एमालेका भए पनि नेतृत्व समाजवादीको छ । मेयरको टिकट नपाएपछि समाजवादीको जिल्ला अध्यक्ष त्यागेर फर्केका श्रीधर प…