फौजमा जसको चलिरह्यो फूर्तिफार्ती
लाग्दा–पुग्दा गर्न बाँकी केही रहेन, शक्ति सकिँदा ‘स्याँ–स्याँ र फ्याँ–फ्याँ’ शुरु भइसक्यो । यो खबर हो, हल्चोकको । सरकारबाट शेरबहादुर देउवाको बहिर्गमनसँगै सशस्त्रका केही हाकिम यसरी सोत्तर हुने भए कि, मुखैमा आएका फुली बेपत्ता । आर्थिक प्रशासनमा बसेर कुस्त कुमाएका र हाल ककनीस्थित शिक्षालयका समादेशक दीपेन्द्र शाह बालुवाटारको कृपाले डिआइजीको एक नम्बरमा बढुवा पाउने दावेदार थिए । व्याचमा ७ नम्बरका उनी एसपीमा अगाडि हुँदै एसएसपीमा एक नम्बर…