काङ्ग्रेसनिकट वकिल संगठनको प्रधानन्यायाधीशलाई साथ
सत्तारुढ काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोशिएसन (डिएलए) प्रधानन्यायाधीशको बचाउमा खुल्ला रूपमा उभिएको छ । डिएलएको प्रेस विज्ञप्तीमा घुमाउरो भाषा प्रयोग गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको बचाउ गरिएको छ ।
विज्ञप्तीमा कहिँकतै प्रधानन्यायाधीशको राजीनामा वा बहिर्गमनवारे उल्लेख छैन । डिलए अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मी रावलको तर्फबाट विज्ञप्ती आएको भन्दै अरु केही पदाधिकारी,केन्द्रीय सदस्य र आन्दोलनमा सहभागी डिलए निकट वरिष्ठ अधिवक्ताहरु क्रुद्द बनेको एक केन्द्रीय सद…