सुनिताको हातमा अखिलको बागडोर
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जम्बो पदाधिकारी टिमसहित नयाँ नेतृत्व चयन गरेको छ । हिजो काठमाडौँमा बसेको अनेरास्ववियुको सचिवालय बैठकले अध्यक्षसहित ३२ सदस्यीय पदाधिकारी टीम घोषणा गरेको हो ।
यसअघिका अध्यक्ष ऐन महरले स्वेच्छिक रुपमा विद्यार्थी संगठनबाट विदा लिएपछि उपाध्यक्ष सुनिता बराललाई अध्यक्षमा चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने चयन भएका छन् भने १० जनालाई उपाध्यक्ष बनाइएको छ ।
झपिन्द्र खत्री,मोती बक, लोकेश निरौला, उमेश आचार्य, यम पाण्डे, चन्द्र थिङ…