माओवादी तीन नेताबाट जिम्मेवारी अस्वीकार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उदयपुरका तीन नेताले सह इन्चार्जको जिम्मेवारीलाई अस्वीकार गरेका छन् । यसरी जिम्मेवारी अस्वीकार गर्नेहरुमा संविधान सभाका सदस्य मणि खम्बु किराती, मोहनबहादुर खत्री (दिपक) र भीमबहादुर अधिकारी (अनिल) रहेका छन । गत २० गते विराटनगरमा बसेको एक नम्बर प्रदेश समितिको बैठकले यो जिम्मेवारी दिएको थियो । उनीहरुले जिम्मेवारी अस्वीकार गर्दै नेकपा (माओवादी केन्द्र)को तत्काल बसेको केन्द्रीय समिति र स्थायी समितिले पारित गरेको सहमति विपरित भएको आरोप लगा…