लैनचौरमा सार्कको प्रभावकारिता र सहकार्यबारे चर्चा
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति भवनमा भएको भेटमा उपराष्ट्रपति यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रभावकारिताका लागि सदस्य राष्ट्रहरुबीचको सहकार्य महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘शान्ति, समुन्नति र सदस्य राष्ट्रका नागरिकको बृहत् हितका लागि सार्क अगाडि बढ्नुपर्छ । सार्कमा देखिएको गतिरोधको अन्त्य गर्न अध्यक्षको हैसियतमा नेपालल…