चुनावी खर्च विवरण सार्वजनिक नगर्ने धेरैलाई जरिवाना
निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई जरिवाना तोकेको छ ।
आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ र प्रदेशसभातर्फ १ हजार ३९८ जना उम्मेदवारलाई जरिवाना तोकेको हो । २ हजार ४३५ उम्मेदवारलाई १५÷१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको आयोगले सात दिनभित्र खर्च विवरण बुझाउन पनि भनेको छ ।
आयोगले आज जारी विज्ञप्तिमा गत वैशाख ४ गते निर्वाचन खर्चको विवरण सार्वजनिक ग…