कोशी प्रदेशसभा अगाडि झडप, शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी
आदिवासी जनजाति आयोगले शान्तिपूर्ण रुपमा आफ्ना माग राखेर आन्दोलित प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग नगर्न चेतावनी दिएको छ ।
‘कोशी’ प्रदेश नामाकरणको विरोधमा विराटनगरमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आयोगले यस्तो चेतावनी दिएको हो । यसले लोकतन्त्रकै उपहास भएको उल्लेख गर्दै आयोगले आन्दोलनरत समुदायको माग गम्भिरतापूर्वक सुन्न र वार्ताको माध्यमबाट समस्या सम्बोधन गर्न पनि सुझाएको छ ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले आज विज्ञप्ति जारी …