राजनीति

दिल्लीमा मैले केपी ओलीलाई जुन रूपमा देखेँ

‘इच्छाशक्ति’ भनेको कस्तो हुन्छ ? बीपी कोइरालाबाट सुनेको थिएँ । आज त्यस्तो दृढ र अद्भूत इच्छाशक्ति भएको मान्छेका रूपमा केपी ओलीलाई देखिरहेको छु । वीपीका माइला भाइ, डा.शेखर कोइरालाका बुबा केशवप्रसादको ०३८ सालमा क्यान्सरका कारण निधन भयो । हामी उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बिराटनगरको घाटसम्मै पुगेका थियौँ । वीपी भारतमा हुनुहुन्थ्यो । भाइको अन्त्येष्टिका लागि आउनुभयो । पार्थिव शरीरको चौतर्फी परिक्रमा गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । अन्तिममा भन्नुभयो, ‘केशवमा रत्ति पनि इच्छा…