डाँडैभरि सोलार प्यानल, १० करोड घरलाई बिजुली
चीनमा विश्वकै सबैभन्दा ठूलो सौर्य तथा जलविद्युत परियोजना थालिएको छ । दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तमा उक्त परियोजनाको पहिलो चरणको कार्य सम्पन्न भएको छ ।
आइतबारदेखि औपचारिक रुपमा सौर्य विद्युत उत्पादन हुन थालेको छ । चीनले केला परियोजना नाम दिएको उक्त सोलार प्यानल र जलविद्युतबाट १० करोड किलोवाट विद्युत उत्पादन हुनेछ । वार्षिक रुपमा तीन खर्ब किलोवाट विद्युत उत्पादन हुने बताइएको छ ।
यो बिजुलीले सो क्षेत्रका १० करोड घर परिवारको बिजुलीको आवश्यकतालाई पूर्ति …