रकम फिर्ता गर्ने प्रतिद्धतासँगै देउरालीले भन्यो : उजुरी नहाल्नुस्
ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै उजुरी नहाल्न बचतकर्तासँग हारगुहार गरेको छ ।
सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीले रकम फिर्ताका लागि अहोरात्र खटिरहेकाले सञ्चालकविरुद्ध उजुरी नगर्न आग्रह गरेको हो । अधिकांश बचतकर्ताको रकम फिर्ता गरिसकेको दाबी गर्दै सहकारीले बाँकीको पनि छिट्टै सल्टाउने प्रतिबद्धता जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सञ्चालक, कर्मचारी, ऋणीसमेतलाई अनुचित लेनदेनको कारोबार गर्ने …