श्रम बैंकमा आबद्ध हुन महानगरको अनुरोध
काठमाडौं महानगरपालिकाले श्रम बैंकमा आबद्ध हुन आग्रह गरेको छ । महानगरपालिकाले नगर कार्यपालिकाको बैठकपछि श्रम बैंकमा आबद्ध हुन आग्रह गरेको हो ।
महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति छ । यसमा सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरलाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता दिने भनिएको…