यता मात्रै होइन, पेरिस विमानस्थलमा पनि ‘कम्प्युटर प्रोब्लम’
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पटक पटक कम्प्युटर सर्भर डाउन भएर विमान उडान अवरुद्ध भएझैँ फ्रान्सको राजधानी पेरिसमा त्यस्तै देखिएको छ । पेरिसको चार्ल्स डी गौल र ओर्ली विमानस्थलका कम्प्युटरमा समस्या देखिएपछि यात्रुको लामो लाइन लागेको बताइएको छ ।
उक्त समस्यापछि हिजो दुबै विमानस्थलको प्रस्थान र आगमन कक्षमा अध्यागमन र सुरक्षा जाँचको कार्यमा असर परेको थियो । पेरिसमा काठमाडौं विमानस्थलमा भन्दा धेरै यात्रुको लाइन देखिएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएका छन्…