ठूलो ज्यान, विश्व बैंकको पैसा सक्नेतिर ध्यान
देउवा परिवारलाई रिझाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हर्ताकर्ता बनेका मोहन बस्नेतले मनपरी गर्दा सबैतिर भद्रगोल भएको छ । शुरुवाती भाषणहरूमा ‘म स्वास्थ्य सेवा निःशुल्क गर्छु’ भनेर नथाक्ने मोहनले अहिले यसको उच्चारण नै गर्न छाडेका छन् ।
अस्पतालहरूले शैया निःशुल्क गरेको एक दुई महिना प्रचार पनि गराए तर अहिले सबै अस्पतालको बजेट समयमा निकासा नहुँदा यो प्रसंग एकादेशको कहानी बनेको छ । मन्त्रालयले निःशुल्क शैयाको रकम नपठाउँदा दैनिक अस्पताल सञ्चालनमै कठिनाइ भएको छ । …