भारतीय दूतावास देब्रे भएपछि
फौजी जागिर र राज्यको बर्दी लगाइसकेपछि सबै कुरा व्यक्तिगत हुँदैनन् भन्ने तथ्य बिर्सिंदा एकजना एआइजीले पाउनुसम्म दुःख पाए ।
सशस्त्र प्रहरीमा पहिला सीमा सुरक्षा हेर्ने र अहिले कार्यविभाग सम्हालेका एआइजी बंशी दाहाल दिल्ली पुगेर गरेको एउटा निजी कामको परिणाम काठमाडौं फर्किएर भोग्न बाध्य भएका छन् । छोरीलाई कलेज भर्ना गर्न दिल्ली पुग्नु उनको व्यक्तिगत मामिला थियो, त्यसमा जागिरको नाता लाग्दैन ।
तर, त्यही मौकामा एकजना भारतीय जर्नेलसँग भेट भयो । त्यो कुरा नेपालका निम्ति चासोको…