मादल बजाउँदै सेना मैदानमा
हिरासतमा राखिएका हाकिमलाई मोबाइल चलाउन दिएको निहुँमा जंगी अड्डाको सैनिक प्रहरी गणबाट त्यसका हाकिम कारवाहीमा परेका छन् । सैन्य आचरणविपरितका गतिविधिको आरोपमा थुनिएका दुईतारे जर्नेल प्रेमबहादुर शाहीलाई छाउनीस्थित सैनिक अस्पताल लैजाने क्रममा समातेको भोलिपल्टै मोबाइल चलाउन दिइएको थियो । त्यही कारण आर्टिलरी (तोपखाना)तर्फका लेफ्टिनेन्ट कर्णेल मोहन थापा त्यहाँबाट निकालिएका छन् । उनको सट्टामा दिनेश गौतमलाई खटाइएको छ ।
अर्कातिर, यसपटकको सैनिक दिवस फागुन ७, अर्थात्…