गृहमन्त्रीको जवाफ र सर्वोच्चको नजिर ठाडै बाझियो
नागरिकतासम्बन्धी विवादमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफ र संवैधानिक इजलासबाट भएको पूर्व फैसला एकआपसमा बाझिएको छ । सर्वोच्चको पूर्व नजिर र लामिछानेको जवाफमा पूरै बेमेल देखिन्छ । लामिछानेले पुस २९ गते लिखित जवाफ पठाउँदै अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिइरहनु नपर्ने दाबी गरेका छन् ।
अमेरिकी नागरिकता त्यागको निवेदन दिएपछि २०५० साल फागुन १० गते काठमाडौं सिडिओ कार्यालयबाट लिएको नागरिकता नै बैध हुन…