बासी टियर ग्याँस
अचेल कुनै ठाउँमा यसो छुसुक्क मात्रै गोलमाल पर्यो भने पनि प्रहरीले ड्यांग लाएर गोली चलाइहाल्छन् । काठमाडौं मात्र होइन, बाहिर जिल्लातिर पनि यस्तो घटना निकै बढिरहेको छ ।
जुलुस निस्क्यो त्यसमा गोली, प्रदर्शन भयो त्यसमा पनि गोली, धर्ना बस्यो त्यसमै गोली । जेमा पनि गोली । आखिर प्रहरीले जेमा पनि यसरी गोली हानेको हान्यै किन गर्छ होला ?
सबैलाई आश्चर्यमा पार्ने यो प्रश्नको उत्तर भर्खर भेटिएको छ । यसको प्रमुख कारण हो, प्रहरीसँग भएको टियर ग्याँस जम्मै डेट एक्स्पायर हुनु । भीड नियन्…