श्रीमानहरू अझै सशंकित
तत्काल प्रधानन्यायाधीश र प्रधानसेनापतिमात्रै बाँकी छन्, सरकारको इच्छाअनुसार तलमाथि हुनसक्ने । यसमध्ये अहिले अदालततिर राजनीतिक नेतृत्वको आँखा सोझिएको छ । महाभियोगका कारण निलम्बनकै अवस्थामा अवकाश पाएर चोलेन्द्रसमशेर राणा घर गए । हरिकृष्ण कार्की कामु नै छन् । उनलाई कन्फर्म प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्को निर्णय हुनुपर्छ । संवैधानिक परिषद्, अर्थात् प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश, विपक्षी दलको नेता सम्मिलित बैठक नबसी प्रधानन्यायाधीश नियुक्त ह…