साप्ताहिक समाचार

पानी ? – ‘नो प्रब्लम’

मेलम्ची खानेपानी परियोजना निर्माणस्थलमा सुनको खानी भेटियो भनेर सर्वसाधारणको आउजाउ नै जसरी रोकिएको छ, वास्तविकताचाहिँ त्यो होइन भन्ने बुझिएको छ । न अगाडि न पछाडि, न तल न माथि जम्मा एक मिटर क्षेत्रबाट पहेंलो लेदो निस्किएको थियो । त्यो के हो भनेर खानी विभागले परीक्षण गरिरहेको छ । स्रोतका अनुसार यदि त्यो ठाउँलाई खाली नै छाड्ने हो भने पनि मुख्य काम (हेडवक्र्स) मा फरक पर्दैन । मध्यमाञ्चलका क्षेत्रीय प्रशासक विनोद केसी आफैं अस्ति गाडीमा तीन किलोमिटरसम्म सुरुङभित्र पसेर फर्किएका छ…