ओलीकै कारण सुदूरपश्चिममा दुई सिट मात्रै
एमाले अध्यक्ष केपी ओलीले टेकेको भुइँमा जहिल्यै पराजय हुने परम्परा सुदूरपश्चिममा फेरि दोहोरिएको छ । उनले छोरी भन्ने निरु पाल, गौरी ओली, कमला ओली, भेट्रान लेखराज भट्ट मात्र होइन राष्ट्रवादी देखाउन दार्चुला पुगेको क्षेत्रसमेत एमालेले गुमाउनु परेको छ । पाल कञ्चनपुर‐३, गौरी–डोटी, भट्ट–कैलाली‐४ बाट प्रतिनिधि सभा र कमला ओली कैलाली क्षेत्र नं. १ को प्रदेश सभा १ मा पराजित हुन पुगेका छन् ।
ओलीले टेक्यो कि गयो भन्ने मान्यता सुदूरपश्चिममा छ । चुनावका बेला ओली द…