साप्ताहिक समाचार

देखियो शीतलनिवासमा एउटा दारुण दृश्य

शीतलनिवासमा हिजो मंगलबार राष्ट्रपतिले प्रेस काउन्सिल– सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गरिनसक्दै दुवै मिर्गौला फेल भएकी दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममता झण्डै बेहोस भइन् । अस्पतालको स्ट्रेचरमै राखेर बेडबाट सीधै राष्ट्रपति भवन पु¥याइएकी उनलाई ब्यथाले च्यापेपछि हतारहतार अस्पतालतिर कुदाइयो । तर त्यहाँ उनको उपचार कसरी भैरहेको छ र के–के समस्या छन् भन्नेबारे न उद्घोषक बोले न दर्जनौंको संख्यामा उपस्थित पत्रकारले नै सोधखोज गर्न भ्याए । प्रेस काउन्सिलद्व…