मातासँग यति घनिष्ट थिए चिनियाँ नेता माओ
चिनियाँ नेता माओ त्सेतुङको बुबाभन्दा आमाप्रति अनुराग थियो । हाकाहाकी भन्थे, ‘मेरो परिवारभित्र दुई पार्टी (दल) छन् । एउटा बुबाको शासक दल, अर्को म, मेरी आमा, दाजुभाइ र केही कामदारको विपक्षी दल । शारीरिक रूपमा उनी बाबु माओ यिचाङजस्तै देखिन्थे, गोलो अनुहार र फराकिलो निधार । आँखा भने आमा वेन खिमेइसँग मिल्थ्यो । दुवैको आँखा निकै चम्किलो थियो । माओ घरका तेश्रो सन्तान । अगाडिका दुवै सन्तानको सानैमा मृत्यु भइसकेको थियो । बाजे वेन खिफु जुत्ता सिलाउँथे र गरिब थिए । जँड्…