प्रेममा पागल नबनुन् कोही पनि
एक धर्काे सिन्दूरका कारण धेरै चेलीको जिन्दगी आवाद भएको छ । र, यही सिन्दूरका कारण धेरै चेली बर्बाद पनि भएका छन् । यस्तै बर्बादी भोगिरहेको नारी हुँ म पनि । कोही रहरले जन्मेका हुँदैनन् । र, उस्तै हो विवाह पनि ।
आँसुको आहालमा डुबुल्की मारिरहेको १७ वर्ष बित्यो । २९ मंसिर ०६३ मा थर बदलियो मीना सुनारबाट रिजालमा । हामी दुई अपरिचित थिएनौं, अप्रत्यासित विवाह भएको पनि होइन । उसको र मेरो घर सँगसँगै हो । म आठ कक्षामा पढ्दै गर्दा ऊ दशमा पढ्थ्यो । भन्थ्यो, ‘तैँले मसँग …