विद्याको काँधमा कसले अड्यायो बन्दुक ?
शिक्षा मन्त्री विद्या भट्टराईको काँधमा बन्दुक राखेर एमालेको भातृ कर्मचारी र शिक्षक संगठनका नेताहरुले पड्काउन लागेको पोख्रेलीहरुको गुनासो छ । शालिन र भद्र स्वभावकी भट्टराई क्याम्पस पढाउँदा झैं सोझो तवरले काम गर्छिन् भने यसअघिकी शिक्षामन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठले चाहिँ दब¨ र गैह्रसरकारी संस्थाको शैलीमा सञ्चालन गरेको बताइन्छ । तर केही विज्ञ भने अध्यापन पृष्ठभूमिबाट आएकी भट्टराईले संघीय शिक्षा ऐन नल्याएका कारण चाहेजस्तो काम हुन नसकेको दावी गरेका छन् । उनका अनुस…