वामपन्थीलाई मिलाउने एउटा बान्की
‘एकता न परित्याग, चुनाव चिह्नमा मेलमिलाप !’ तत्कालिन नेकपालाई फेरि एक ठाउँमा ल्याउने यस्तो सूत्रबारे राजनीतिक वृत्तमा चर्चा त छ, तर नेताका बुद्धि फिर्ला, नफिर्ला– भन्न सकिन्न ।
०७७ पुस ५ को संसद विघटनपछि बिभिन्डिएर आ–आफ्नै चुलोचौको खडा गरेका मुख्य कम्युनिष्ट घटकहरू फेरि त्यही स्थितिमा पुग्ने र आगामी उपनिर्वाचनलाई सामूहिक रूपमा सामना गर्ने कोणबाट छलफल त चलिरहेको छ । तर, कोही अधिवेशन, कोही रुपान्तरण त कोही अभियानमा हुँदा यस्तो कुराले मूर्तत…