सकुञ्जेल खाने सचिवलाई हाइसञ्चो
नेशनल पेमेन्ट गेटवेको २५ करोड भ्रष्टाचार काण्ड लागेर उद्योग सचिव मधुकुमार मरासिनी निलम्बित भए । त्यहीँका अर्का ‘इन्साइक्लोपेडिया’ सचिवसमेत अब यसैको फन्दामा परे अनौठौ नमान्दा हुन्छ । सार्वजनिक प्रशासनभित्र ‘मुकुन्दे पात्रो’ का रुपमा चर्चित मुकुन्द निरौला अहिले आपूर्ति सचिव छन् । उनैले प्रदेशमा सचिव हुँदा गरेको बदमासीका कारण अप्ठ्यारोमा पर्न लागेका हुन् ।
निरौलाले प्रदेशमा भतिजहरूलाई नै आकर्षक कार्यालयमा फिट गराएका थिए । यो रोग प्रदेशदेखि आपूर्ति…