स्पष्टीकरण

जग्गाको विरोध गरेका नेताहरुलाई एमालेको सात दिने पुर्जी

नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध गरेका नेताहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षर रहेको पत्रमा सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । पार्टीका पूर्वउपाध्यक्ष भीम बहादुर रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोधिएको छ । अस्ति साँझ बसेको सचिवालय बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको बता…