अदालत

सुकुम्बासी नहटाउन उच्च अदालतको आदेश

शहरी क्षेत्रमा रहेका सुकुम्बासी हटाउन काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिँदै जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न भन्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका बसोबासीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले आज उक्त सूचना अहिलेलाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।  हाललाई सुकुम्बासी हटाउन रोक लगाइए पनि अर्को पेसी आउँदो चैत २६ गतेका लागि तोकिएको अ…