टर्कीमा फेरि शक्तिशाली भूकम्प
विनाशकारी भूकम्पले तहसनहस पारेको दुई हप्ता नबित्दै टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको छ । गए राति टर्की र सिरियाको सीमा क्षेत्रमा दुई वटा शक्तिशाली भूकम्प गएको जनाइएको छ ।
स्थानीय समयअनुसार राति ६.४ र ५.८ म्याग्निच्युडका दुई भूकम्प गएका हुन् । पछिल्लो भूकम्पमा तीन जनाको मृत्यु भएको छ । अन्य दुई सयभन्दा बढी मानिस घाइते भएको प्राप्त समाचारमा उल्लेख छ ।
उक्त भूकम्प तीन मिनेटको अन्तरालमा गएको हो । पछिल्लो भूकम्पको धक्का इजिप्ट र लेबाननसम्म महसुस गरिएको त्यहाँबाट प्राप्त समाचारमा…