सिआइबीका सूचकको शंकास्पद मृत्यु,शव नजिकै बिस्फोटक पदार्थ
बझाङमा कार्यरत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक जना सूचकको मृत्यु शंकास्पद देखिएको छ । बैतडीमा पिकनिक मनाउन गएका जीवन बुडालको शव नजिकै बिस्फोटक पदार्थ फेला पर्नुलाई रहस्यमय ठानिएको छ ।
उनी बिदामा घर आएको बखत साथीभाइसँग पिकनिक गएका थिए । दशरथचन्द नगरपालिका–१० खडेनीका बुडालको शव फागुन १३ गते शनिबारका दिन दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा फेला परेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उक्त घटनाको अनुसन्धान थालिएको ज…