दुर्घटना

निशा अधिकारीको घरमा बस्दै आएकी महिलाको लडेर निधन

काठमाडौँको सिद्दिचरणमार्गस्थित घरको छतबाट खसेर एक महिलाको ज्यान गएको छ । आज दिउँसो घरको दोस्रो तलाबाट लडेर सोही घरमा बस्दै आएकी महिलाको घटनास्थलमै मृत्यु भएको हो ।  प्रहरीका अनुसार अन्दाजी ५० वर्षकी मृतक महिला निशा अधिकारी थापाको घरमा बस्दै आएकी थिइन् । अहिले महानगरीय प्रहरी वृत्त स्वयम्भूको प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीले आवश्यक मुचुल्का उठाई शव पोस्टमार्टमको निम्ति शिक्षण अस्पताल महाराजगन्ज लगेको बताइएको छ  ।

Page 73 of 114