विमान दुर्घटना हुनुमा क्यानको चाहिँ कमि कमजोरी नै छैन त ?
हिजो बिहान पोखरामा एकदमै डरलाग्दो दुर्घटना भयो । चार सदस्यीय क्रु टीमसहित ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको एटिआर ७२ जहाज सेती खोंचमा दुर्घटनामा पर्यो । बिहान १० बजेर ५७ मीनेटमा जहाजलाई अवतरण अनुमति दिइएको थियो ।
एकाध मीनेटमा जहाज ल्याण्ड भइसक्नुपर्ने थियो तर त्यसो भएन । भर्खरै मात्र उद्घाटन गरिएको नयाँ विमानस्थलमा धावनमार्गको पूर्व र पश्चिम दुवैतर्फबाट विमान उडान र अवतरण गर्न सकिने सुविधा छ तर अघिल्लो उडान पूर्वबाटै अवतरण गराएको चालक…