दुर्घटना

भट्टेडाँडाका रामहरीलाई करेन्टले लग्यो

ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बाग्मती गाउँपालिका ३ भट्टेडाँडास्थित पोखरीचौर कार्कीडाँडाका ४९ वर्षीय रामहरी बजगाईंको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार आफ्नै घरमा बिजुलीको काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । त्यसपछि स्थानीय मेडिकल हुँदै थप उपचारको निम्ति गोदावरी–६ टिकाभैरवस्थित आनन्दवन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page 79 of 98