के–के कमजोरी भएछ तीनकुने काण्डमा ?
चैत १५ गतेको तीनकुने काण्डलाई लिएर सामाजिक सञ्जाल र छापाहरूमा दुर्गा प्रसाईंलाई निशाना बनाइएको छ । आमजनसमुदाय वा बुद्धिविलास गर्नेहरूलाई यो घटनाको अन्तर्य वा गहिराइमा पुग्ने कुनै चाहना वा मतलव नै छैन भन्दा हुन्छ ।
दुर्गा प्रसाईं भर्सेज गणतन्त्र
जनयुद्धताका ६ महिना जेल परेका मात्रै होइन, माओवादी सशस्त्र विद्रोहका कमाण्डर प्रचण्डसँग नजिक सम्बन्ध बनाएर कालान्तरमा नेकपा एकीकरणअघि ‘मार्सी चामल’ को प्रयोगवादी सिद्धान्तलाई आफ्नै भान्सामा ज्यूनार गराउने पात्र हुन् …