पानी चुहिँदा प्रहरीलाई हतियार जोगाउन चुनौती
रुकुम पश्चिमका प्रहरी इकाईहरु भौतिक पूर्वाधार र सुविधाको कमीका कारण जोखिममा परेका छन् । भौतिक पूर्वाधार अभावले यहाँका प्रहरी युनिटहरु असुरक्षाका बीच दयनीय अवस्थाबाट सेवा प्रवाह गर्न बाध्य छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अधिकांश युनिटहरु चर्किएको भवनका साघुँरो कोठामा छन् । न गतिलो शौचालय, न त बाथरुम, न भान्साघर छ । थुनुवा राख्ने ठाउँ छैन, गोदाम, ब्यारेक, हिरासत कक्ष त टाढैको कुरा हो । बर्षा लागेपछि चुहिने छानाबाट हतियार बचाउन गाह्रो, हुरी ल…