समाचार

रुकुमको ओढारमा भरुवा बन्दुक

पूर्वी रुकुम प्रहरीले दुई नाल भरुवा बन्दुक फेला पारेको छ । भूमे गाउँपालिका–९ स्थित बिजौरा खोलाको ओढारमा उक्त भरुवा बन्दुक फेला परेको बताइएको छ । इलाका प्रहरी कार्यालय चुन्वाङबाट खटिएको टोलीले गस्ती जाने क्रममा उक्त बन्दुक फेला पारेको हो । ओढारमा लुकाएर राखेको अवस्थामा आज बिहान ती बन्दुक फेला पारिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page 1505 of 2006