प्रमको नाडीमा करोडौंको घडी, देशभर बाढी
दुई वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा निजी सम्पत्ति बेचेर खर्च गर्न नसकिने बताउनुभएको थियो । भक्तपुरको बालकोटस्थित दुई वटा घरदेखि सबै श्रीसम्पत्ति श्रीमती राधिका शाक्यका नाममा रहेको र आफूहरूको शेषपछि ती अचल सम्पत्ति राज्यको नाममा हुने लिखत गरिसकेको पनि बताउनुभएकै हो । त्यसैले सम्पत्ति बेचेर उपचार गर्नसक्ने अवस्थामा आफू नरहेको भनी पार्टीनिकट युवा संघको कार्यक्रममा उल्लेख गर्नुभयो । उहाँले त्यसबेला भन्नुभएको थियो, ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ…