बंगलादेशलाई बिजुली बेच्ने सम्झौता आज,देला त भारतले स्वीकृति ?
नेपालले बंगलादेशमा ४० मेगावाटसम्म बिजुली निर्यात गर्नसक्ने भएको छ । काठमाडौंमा सम्पन्न दुबै मुलुकको उर्जा सचिवस्तरीय बैठकबाट ४० मेगावाट बिजुली बंगलादेश बिक्रीका लागि आज दिउँसो ३:३० बजे सम्झौता गर्ने निर्णय भएको छ ।
काठमाडौंमा आज बिहानदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छैठौं बैठक बसेको छ । सोही बैठकले विद्युत खरिद–बिक्रीको सम्झौता गर्ने निर्णय गरेको हो ।
आजको निर्णयानुसार नेपाल–बंगलादेशबीच ४० मेगावाट विद्युत व्याप…